१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालमा थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९०७ आरटी पिसिआर र ५ हजार ७४९ एन्टिजेन गरी कुल १६ हजार ६५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार संक्रमितहरूमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा, ३ हजार २२० संस्थागत आइसोलेसनमा र ३९९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९६ जना र भेन्टिलेटरमा १८४ जना उपचाररत छन् । मन्त्रालयका अनुसार बुधबार देशभरबाट १८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । निको हुने दर ९३.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज