७ आश्विन २०८३, बुधबार | September 23, 2026

आधा किलो सुनसहित तीन जना पक्राउ



सुदूरपश्चिम । प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौंबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित २६ हजार २०० नगद रूपैयाँ, एक मोबाइलसहित पक्राउ गरिएको छ ।

यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अवैध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित पक्राउ गरिएको छ ।

बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको भए पनि किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई