१ पुस २०८२, मंगलबार | December 16, 2025

आधा किलो सुनसहित तीन जना पक्राउ



सुदूरपश्चिम । प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौंबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित २६ हजार २०० नगद रूपैयाँ, एक मोबाइलसहित पक्राउ गरिएको छ ।

यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अवैध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित पक्राउ गरिएको छ ।

बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको भए पनि किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा