२ पुस २०८२, बुधबार | December 18, 2025

दुर्गमकालाई खोपमा बेवास्ता



काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् ।

सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।

सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा बाग्मती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बाग्मती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउने संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।

सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर, सरकारले निगरानी बढाउन सकेको छैन । यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामी असोजभित्र खोप लगाउन योग्य एक तिहाइ जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ । हालसम्म ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण खोप लगाएका छन् । सरकारले २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । यसरी हेर्दा अझै २ करोड ३३ लाख नागरिकले पूर्ण खोप लगाउनै बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म नेपालमा १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप भित्रिएको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी माघसम्म कुल ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले खोप अभियान तीव्र रूपमा अघि बढाइएको बताए । उनले भने, ‘सबैले आफ्नो पालोअनुसार खोप लगाउनुपर्छ । खोप अभियान निरन्तर सञ्चालन गरिरहेका छौं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल