१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेबाट, शुरुमै बिश्वासको मत लिने सरकारको तयारी



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको सचिवालयले आज सूचना टाँस गरि प्रदेशसभाका सदस्यहरुलाई नवौं अधिवेशनको जानकारी दिएको छ । प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले हस्ताक्षर गरेको सूचनामा नेपालको संविधानको १८३(१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनबाट भाद्र १ गते मध्यान्ह १ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन आह्वान भएको उल्लेख गरिएको छ । सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम सदस्यहरुलाई सूचित गरिएको जनाईएको छ ।

सरकारले बैठकको शुरुमै संसदको विश्वासको मत लिने र त्यपछिमात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको प्रदेशको ४ दलिय गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : १४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना