१३ श्रावण २०८३, बुधबार | July 29, 2026

पाकिस्तानले मनायो ७५औं स्वतन्त्रता दिवस, उपराष्ट्रपति पुन स्वतन्त्रता दिवस समारोहमा



काठमाडौं। पाकिस्तानले शनिबार आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले पनि स्वतन्त्रता दिवस मनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा शनिवार साँझ काठमाडौं आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै पुनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपति पुनले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

स्वतन्त्रता दिवसको अवसरमा शनिवार बिहान पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए  । कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका शुभकामना सन्देश वाचन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : १० बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा