६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीबाट ठुलो परिमाणमा लागु औषध सहित १ महिला पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको रोहिणी गाँउपालिका ३ धकधईबाट ७० ग्राम बढी ब्राउन सुगर सहित महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीया सन्ध्या मिश्र रहेकी छिन् । उनीबाट प्रहरीले बेच्नका लागि तयार गरिएको ६८ पुरिया मा प्याकिङ गरिएको ७० ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले मिश्रालाई लागु औषध बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । पक्राउ परेकी मिश्राबाट १ थान मोबाईल सेट समेत बरामद गरिएको उनले बताए ।

पक्राउ परेकी मिश्रा उपर लागु औषधा कारोबार एन अनुसार अनुसन्धान भईरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ३२ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय