२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, ११ बजे केन्द्रीय समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा स्थायी समिति बैठक बसिरहेको छ ।

बैठकमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । यसैगरी अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको प्रस्तावमाथि गु्रप छलफलबाट निस्कने प्रश्नहरुको कसरी जवाफ दिने भन्नेबारेमा छलफल हुँदैछ ।

आज बिहान ११ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेससँग गठबन्धन र बामपन्थी शक्तिसँग सहकार्यको प्रस्तावसहित अध्यक्ष प्रचण्डले प्रस्तुत प्रतिबेदनमाथि आजबाट समूहगत छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ०८ बजे

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)

कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : सङ्ग्रौला

पाटन । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक