१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न आफुले निर्देशन दिइसकेको बताएका छन् ।

सामाजिक सञ्जालट ट्वीटरमार्फत प्रधानमन्त्रीले अफगानिस्तानबारे अपडेट गराउँदै त्यहाँ रहेका नेपालीको उद्दार र समन्वयको जिम्मेवारीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

देउवाले त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

अमेरिकी सेनाले छोडेपछि अफगानिस्तानको भूभाग कब्जा गर्दै गएका तालिवान विद्रोहीहरुले आइतबार साँझ राजधानी कावुलमाथि विना रक्तपात नियन्त्रण गरेका थिए । तालिवानले सत्ता कब्जा गर्ने निश्चित भएपछि अफगान राष्ट्रपति अरसफ गनी र उपराष्ट्रपति देश छोडेर भागेका थिए ।

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका अमेरिका वेलायत लगायतका देशहरुले आआफ्ना नागरिक फिर्ता गर्न थालिसकेका छन् । ती देशहरुले आफ्नो दूतावासको सुरक्षामा रहेका नेपाली कामदारहरुलाई पनि फर्काउन थालेका छन् । उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १८ बजे

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट