२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दल विभाजनको अध्यादेश एमालेलाई मान्य र क्षम्य हुन सक्दैन : एमाले अध्यक्ष ओली (वक्तव्यको पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले एमाले विभाजनको उद्देश्य सहित दल विभाजनको अध्यादेश ल्याउने तयारी गरेको आरोप लगाएका छन् । आज राती अवेर एक वक्तव्य प्रकाशित गर्दै अध्यक्ष ओलीले सरकारले पूर्व प्रतिवद्धता विपरित हठातमा प्रतिनिधिसभाको चालु अधिवेशन हठातमा अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजित गर्ने षडयन्त्रण गरिएको बताएका हुन् ।

अध्यक्ष ओलीले वक्तव्यमा नेकपा एमाले र एमालेको संसदीयदलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीको लागि मान्य र क्षम्य नहुने चेतावनी दिएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीयदल विभाजनको प्रयासहरु विरुद्ध दृढताकासाथ उभिन आह्वान समेत गरेका छन् ।

अध्यक्ष ओलीले सत्ता पक्षकाट प्रतिपक्षमा पुगेको अवस्थालाई धक्का लागेको स्विकार गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी अवस्थामा फर्काउन पार्टी कार्यकर्ताहरुलाई अनुशासित र सक्रिय भुमिका खेल्न अपिल गरेका छन् ।

सरकारले ओली सरकारले प्रस्तुत गरेको बजेट वक्तब्यको संशोधित बजेट अध्यादेशबाट ल्याउने संकेत गरेपनि एमालेले भने दल विभाजनको अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको ठहर गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको