१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेशसभा : मलाई एमालेको ह्वीप लाग्दैन -मन्त्री अजय शाही, पदमुक्त नगरे संसद चल्दैन -पूर्वमन्त्री श्रेष्ठ



बुटवल । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू माथि एकालेको कारवाही नलाग्ने बताएका छन् । उनले आफु स्वतन्त्र समुहबाट निर्वातिच भएको एमालेसँगको लिखित सम्झौतामा नै स्वतन्त्र पहिचान हुने उल्लेख भएकाले एमालेको ह्वीप र कारवाही नलाग्ने बताएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सुर्य चिन्हको प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको दाबी गरे । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको पनि दाबी गरे । नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भने “मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन केवल चुनावी सम्झौता मात्रै थियो ।“ शाहीले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारे ।

उता सोही कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने चेतावनी दिएका छन् । उनले नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताए । “सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कार्वाही नहुनु विधि सम्वत छैन । हाम्रा सासंदलाई कार्वाही नहुँदासम्म संसद अवरुद्ध गर्छौं । उनले भने । अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरीएपछि गठबन्धनको सहयताले स्वतन्त्रको नाम जप्दै हिड्नु गलत रहेको दाबी गरे ।

कार्यक्रममा बोल्दै अधिवक्ता महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपासंग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसावले र सहमतीका बुदाको हिसावले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकोले एमालेसंग कुनै नाता र साईनो नभएकाले व्यवहारीक तथा कानूनी हिसावले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे ।

 

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ६ : ३८ बजे

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले