६ श्रावण २०८३, बुधबार | July 23, 2026

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि एमालेको टिप्पणी – लुम्बिनी सरकारलाई मान्यता दिने प्रश्नै आउँदैन



बुटवल । नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने स्पष्ट पारेको छ ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिएपछि खबरकुरासँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले अवैधानिक सरकारलाई मान्यता दिन नसकिने बताएका हुन् ।

ढकालले संसदमा आज नाटक देखाइएको बताउँदै यस्तो सरकारलाई मान्यता दिने प्रश्नै नआउने बताए । उनले भने, ‘सरकार असंवैधानिक छ । बन्दा पनि अवैधानिक ढंगले बनेको हो । आज प्रदेशसभामा विश्वासको मत लिने नाटक गरिएको छ । यो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा हुँदैन । हामीले वैधानिक सरकारको मान्यता दिन सक्दैनौं ।’

अब पनि संसद अवरुद्ध नै गर्ने एमालेले जनाएको छ । ढकालले भने, ‘आफुहरुको माग बमोजिम दुई जना सांसदलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्ने क्रम जारी रहन्छ ।’

मुख्यमन्त्रीले विश्वासको मत माग्दा एमालेले बैठक बहिस्कार गरेको थियो । आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा एमाले सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ५ : ३६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क