१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो ।

बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो । ‘आजको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ,’ उनले भने । विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ ।

सोमबारको छलफलमा यसअघि एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् ।

उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ८ : १७ बजे

रविको मुद्दा संशोधन विवादको रिट अब सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको