१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले स्थायी कमिटी बैठक : नेपाल पक्ष छाडेका १० जना र माओवादी छाडेका नेताहरु बैठमा सहभागी



काठमाडौं । गत वर्षको फागुन २३ यता नेपाल पक्षका नेताका रुपमा एमालेको समानान्तर कमिटी संचालन गरेर बसेका १० जना नेताहरु पहिलो पटक एमालेको स्थायी कमिटीको बैठकमा सहभागी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेको बैठकमा नेपाल पक्षका रुपमा चिनिएका १० जना र माओवादी केन्द्र त्यागेर एमाले बनेका नेताहरुको पनि सहभागिता रहेको छ ।

२३ फागुन यता पार्टीको बैठकमा औपचारिक रूपमा सहभागी नभएका नेपाल पक्षका भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य,  घनश्याम भुसाल लगायतका नेताहरु सहभागी रहेका छन् । यस्तै, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता पनि बैठकमा सहभागी छन् ।

सोमबार बालकोटमा अध्यक्ष केपी ओलीसँग १०बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेसँगै उनीहरू बैठकमा सहभागी भएका हुन् । बैठकले १०बुँदे सहमति कार्यान्वयनको मोडालिटी अनुमोदन गर्ने बताइएको छ ।

मोडालिटी तयार गर्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले पाएका थिए । बैठकले कार्यकर्ताहरूलाई माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा नजान पनि अपिल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ४ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान