२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले स्थायी कमिटी बैठक : नेपाल पक्ष छाडेका १० जना र माओवादी छाडेका नेताहरु बैठमा सहभागी



काठमाडौं । गत वर्षको फागुन २३ यता नेपाल पक्षका नेताका रुपमा एमालेको समानान्तर कमिटी संचालन गरेर बसेका १० जना नेताहरु पहिलो पटक एमालेको स्थायी कमिटीको बैठकमा सहभागी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेको बैठकमा नेपाल पक्षका रुपमा चिनिएका १० जना र माओवादी केन्द्र त्यागेर एमाले बनेका नेताहरुको पनि सहभागिता रहेको छ ।

२३ फागुन यता पार्टीको बैठकमा औपचारिक रूपमा सहभागी नभएका नेपाल पक्षका भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य,  घनश्याम भुसाल लगायतका नेताहरु सहभागी रहेका छन् । यस्तै, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता पनि बैठकमा सहभागी छन् ।

सोमबार बालकोटमा अध्यक्ष केपी ओलीसँग १०बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेसँगै उनीहरू बैठकमा सहभागी भएका हुन् । बैठकले १०बुँदे सहमति कार्यान्वयनको मोडालिटी अनुमोदन गर्ने बताइएको छ ।

मोडालिटी तयार गर्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले पाएका थिए । बैठकले कार्यकर्ताहरूलाई माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा नजान पनि अपिल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ४ : १९ बजे

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल