१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् ।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् ।

उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएपछि साउदले राजीनामा दिएका हुन् ।

उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण पनि गराएका थिए ।

नेप्सेका सीआईओ साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पनि गोल्डेन शेयर लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : १८ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको