२ पुस २०८२, बुधबार | December 17, 2025

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने तयारीमा, एमाले संसदीय दलको बैठक बस्दै



मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनामा दिन लागेका हुन ।

संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । मुख्यमन्त्रीमा आचार्यलाई अघि बढ्न अध्यक्ष ओलीले केही महिना अघि नै संकेत गरेका थिए ।

राजिनामाका लागि अहिले विहान नौ बजेको जहाजबाट मुख्यमन्त्री राई बिराटनगर जाँदैछन । पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका प्रदेश १ का सांसदहरु पनि बैठक अगावै विराटनगर फर्कँदै छन ।

मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकहाँ आवेदन गर्ने तयारी छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ८ : ५३ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ