२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने तयारीमा, एमाले संसदीय दलको बैठक बस्दै



मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनामा दिन लागेका हुन ।

संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । मुख्यमन्त्रीमा आचार्यलाई अघि बढ्न अध्यक्ष ओलीले केही महिना अघि नै संकेत गरेका थिए ।

राजिनामाका लागि अहिले विहान नौ बजेको जहाजबाट मुख्यमन्त्री राई बिराटनगर जाँदैछन । पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका प्रदेश १ का सांसदहरु पनि बैठक अगावै विराटनगर फर्कँदै छन ।

मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकहाँ आवेदन गर्ने तयारी छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ८ : ५३ बजे

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल