५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल पक्षका नेताहरु अध्यक्ष ओलीपक्षमा विलिन भएपछि एमालेको आज पहिलो केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । समानान्तर संगठन चलाएर माधव नेपाल पक्षका लागेका केही नेताहरु पार्टी अध्यक्ष केपी ओलीसँग विलिन भएपछि पहिलो पटक नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमालेबाट विभाजन भएर वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगवाट आधिकारिकता पाएपछि ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

१० बुँदे सहमति कार्यान्वयन गर्दै थप सहमति भएपछि तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

मंगलबार नेपाल पक्षमा लागेका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको लागि बैठक तय गरेको थियो ।

कार्यालय सचिव तामाङका अनुसार पार्टी आजको बैठकले पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे बैठकमा छलफल हुनेछ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई बुधबार आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​ यद्देपी त्यस मध्य १४ जना नेता तथा सांसदहरुलाई एमालेले निर्वाचन आयोग दल दर्ताको निवेदन पुग्नु अघि कारवाही गरिसकेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ९ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता