२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमालेका नेता/कार्यकर्तालाई माधव नेपालको आग्रह – ओली प्रवृतिको दक्षिणपन्थी नेतृत्वबाट विद्रोह गर्नुहोस



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि बिहीबार पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले दक्षिणपन्थी भासको नेतृत्वबाट आफुलाई अलग गर्न एमालेका नेताकार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाए ।

ओलीको दक्षिणपन्थी व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोहमा उत्रिन आह्वान गर्दै नेपालले समाजवादी धु्रवीकरणमा समाहित हुन आह्वान गरे । ‘केपी ओली दक्षिणपन्थी भासमा फस्नुभयो । उहाँले पार्टीका सबै खालका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिवाद र व्यक्तिवादको अहंकारको घोडामा सवार भएपछि हामीले बाध्य भएर विद्रोह गरेका हौं,’ नेपालले भने, ‘तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस् । आउनुहोस, समाजवादको बाटोमा सँगै हिँडौं ।’

नेपालले केपी ओली पार्टी र कम्युनिस्ट आन्दोलन तहसनहस गर्न उद्दत भएको आरोप लगाए । ओलीले एमालेलाई निजी सम्पति बनाएको आरोप समेत लगाए ।

ओलीको अहंकार चुलिँदै गएपछि अति भएर विद्रोह गर्नुपरेको जिकिर गर्दै नेपालले क्रान्तिकारी कार्यकर्ताहरुलाई समाहित गरेर आफुले नयाँ पार्टी बनाएको बताए । आफुहरुले गरेको विद्रोह जायज भएको दाबी गर्दै नेपालले भने, ‘इतिहासमा यस्तो हुने गर्दछ। विश्वमा पनि भएको छ। कार्ल मार्क्सले पनि गर्न परेको थियो।’

अध्यक्ष नेपालले लक्ष्य हासिल गर्न नसक्नेहरु बीच बाटोमा थाकेको बताए । आफुँसग रहेका नेताहरुले साथ छोडेको विषयलाई इंगित गर्दै उनले भने ‘लक्ष्य हासिल गर्न चाहनेहरु, क्रान्ति चाहनेहरु निरन्तर लागिरहनेछन् ।’ यद्यपी, आफुसँग साथ छोडेका सहयोद्धाहरुलाई नकारात्मक टिप्पणी नगर्ने उनले बताए । गत चैत्रमा भएको राष्ट्रिय भेलाका कार्यकर्ताको भावनालाई आत्मसाथ गरेर देशभर संगठन फैलाएको तथा कमिटी विस्तारको काम गरेको उनले बताए ।

अध्यक्ष नेपालले अब आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । उनले भने, ‘यसअघि भन्न गाह्रो भएको थियो, अब पाँच दलीय गठबन्धनलाई हामी अगाडि लैजान चाहन्छौं ।’

 

 

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ३ : १९ बजे

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य