२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले केन्द्रीय कमिटी बैठक : सभामुख र निर्वाचन आयोग विरुद्ध कानुनी उपचारमा जाने निर्णय



काठमाडौं । निर्वाचन अयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय गर्दै नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।

बैठकले एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई पदमुक्त नगरेको तथा कारवाहीमा परेकाहरुको समेत सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार एमाले केन्द्रीय कमिटीले १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको हो ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको उनले बताए ।

ठकले देशैभरका पालिकाको अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ भने संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको समेत ज्ञवालीले बताए ।

भदौ १६–२० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने, भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय भएको बताइएको छ ।

पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने, देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको जनाइएको छ ।

राष्ट्रिय जनगायक स्व. जेबी टुहुरेप्रति बैठकले शोक प्रस्ताव पारित गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : ४३ बजे

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा