११ श्रावण २०८३, सोमबार | July 28, 2026

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै



काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार तीन दिनसम्म दोस्रो डोज लगाइनेछ । भेरोसेलको पहिलो डोज लगाएकालाई डोस्रो डोज लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

पहिलो मात्रा लगएका ५० वर्षभन्दा माथिका सबैलाई दोस्रो डोज दिइनेछ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि डोस्रो डोज पाउने भएका छन् ।

यससँगै सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका विदेशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि भेरोसेलको पहिलो डोज लगाएका र दोस्रो डोज छुटेका व्यक्तिलाई पनि खोप लगाइने भएको छ ।

यसका लागि काठमाडौंका सबै वडामा खोप केन्द्र राखिएको छ । यससँगै आठ वटा अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ४३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला