४ बैशाख २०८१, मंगलबार | April 17, 2024

आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइँदै



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी ११ दिनसम्म खोप लगाउन लागिएको जनाएको छ । आजबाट असोज १४ गतेसम्म खोप लगाइनेछ । त्यस्तै, कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिन अघि मात्रै सरकारले चीनबाट भेरोसेल खोप ल्याएको थियो । यसपटक ४४ लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहि खोप विभिन्न उमेर समूहका व्यक्तिलाई लगाउन तयारी गरिएको हो ।

आजदेखि सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन ।

त्यस्तै, बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाउने भएको छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप पाउनेछन ।

काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप लगाइने भएको छ ।

यससँगै विभिन्न ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइने भएको छ । यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन । यसअघि छुटेका नागरिकले पनि खोप लगाउने पाउनेछन ।

त्यस्तै, पहिलो डोज लगाइसकेका काठमाडौंका बासिन्दालाई पनि आजदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५६ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि