११ श्रावण २०८३, सोमबार | July 28, 2026

आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइँदै



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी ११ दिनसम्म खोप लगाउन लागिएको जनाएको छ । आजबाट असोज १४ गतेसम्म खोप लगाइनेछ । त्यस्तै, कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिन अघि मात्रै सरकारले चीनबाट भेरोसेल खोप ल्याएको थियो । यसपटक ४४ लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहि खोप विभिन्न उमेर समूहका व्यक्तिलाई लगाउन तयारी गरिएको हो ।

आजदेखि सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन ।

त्यस्तै, बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाउने भएको छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप पाउनेछन ।

काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप लगाइने भएको छ ।

यससँगै विभिन्न ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइने भएको छ । यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन । यसअघि छुटेका नागरिकले पनि खोप लगाउने पाउनेछन ।

त्यस्तै, पहिलो डोज लगाइसकेका काठमाडौंका बासिन्दालाई पनि आजदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५६ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला