६ असार २०८१, बिहिबार | June 20, 2024

४४ लाख डोज भेरोसेल आज दिउँसो नेपाल आइपुग्दै



काठमाडौं । आज नेपालमा ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आईपुग्दैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्ने भएको हो ।

खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे चीनतर्फ उडान गरेको थियो । चीनबाट खोप लिएर उडेको विमान आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप आएसँगै केही दिनमा फेरि खोप लगाउन बाँकी नागरिकहरुका लागि खोप अभियान शुरु गरिने जानकारी दिए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ भने नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ०४ बजे

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी

बुटवलको डेल्टा मार्टमा आगलागी (तस्वीरसहित)

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौं । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको

हरित उद्यमकालागि राजापुर र ठाकुरबाबाका युवा महिलालाई स्टार्टअप सहयोग वितरण

बर्दिया । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका