२३ भदौ २०८३, मंगलबार | September 9, 2026

कांग्रेस १४ औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट शक्तिकी प्रतीक देवी र दुर्गाको पूजाअर्चना गर्दै निधिले आफ्नो चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरीसमेत पातलिएको छ । निधिले देउवालाई यसअघि आफूलाई १४औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताउँदै आइरहेका छन् ।

निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा केही जिल्लाका प्रभावशाली जिल्ला सभापतिसमेत साथमा राखेका थिए ।

कार्यक्रममा सभापति देउवाका गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल, काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीशनरसिंह केसी, धादिङका रमेश धमला, सुर्खेतका कमलमणि रेग्मी, संखुवासभाका दीपनकुमार श्रेष्ठ, धनुषाका महेशचन्द्र गिरीलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ५३ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी