१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, धेरै स्थानमा वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही-केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबिच पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ७ : ५२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्