११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ – एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका १० पार्टी मिलेर चुनाव लडेपनि १२० सिट भन्दा बढी नआउने ठोकुवा गरेका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने दावी गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै आगामी चुनावमा एमालेबाट जो उठे पनि चुनाव जितिने दाबी गरे । माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको बताउँदै केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन नरोकिने जिकिर गरे ।

एमालेका पूर्व वरिष्ठ नेता माधव नेपाल तर्फ संकेत गर्दै ओलीले पार्टी फुटाउनेहरुलाई कुलांगारको संज्ञा दिए । ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । ओलीले भने, (कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउँदै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले प्रश्न गरे, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन ।’

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ४६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना