१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाल्पामा घर भत्किएर पुरिँदा एकजना नाबालिकाको मृत्यु



तानसेन । अबिरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षिया नाबालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षिया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

राती सुतिरहेकै अवस्थामा साढे २ बजेको समयमा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेन पु¥याए लगत्तै मृत्यु घोषणा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यराती नै गारोमा च्यापिएकी बालिकाको उद्दार गरि बालिकाको मामा पर्ने कमल दर्जीले अस्पताल पु¥याएका थिए । ३ः३० बजे अस्पताल पुगेकोमा ३ः४० बजेनै चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।

अन्य क्षतिको विवरण संत्रलन गर्न प्रहरी घटनास्थल पुगेको र अन्य परिवारको सदस्यहरुको उद्दार गरि क्षतिको अवस्था बुझिरहेको डीएसपी त्वाँतीले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ८ : ५८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान