२४ माघ २०८२, शनिबार | February 7, 2026

पाल्पामा घर भत्किएर पुरिँदा एकजना नाबालिकाको मृत्यु



तानसेन । अबिरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षिया नाबालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षिया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

राती सुतिरहेकै अवस्थामा साढे २ बजेको समयमा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेन पु¥याए लगत्तै मृत्यु घोषणा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यराती नै गारोमा च्यापिएकी बालिकाको उद्दार गरि बालिकाको मामा पर्ने कमल दर्जीले अस्पताल पु¥याएका थिए । ३ः३० बजे अस्पताल पुगेकोमा ३ः४० बजेनै चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।

अन्य क्षतिको विवरण संत्रलन गर्न प्रहरी घटनास्थल पुगेको र अन्य परिवारको सदस्यहरुको उद्दार गरि क्षतिको अवस्था बुझिरहेको डीएसपी त्वाँतीले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ८ : ५८ बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा