२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

२३ वर्षपछि बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, जोखिममा परेका परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा सारिँदै



बुटवल । अबिरल आएको वर्षाका कारण पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरका दर्जन बढी घर जोखिममा परेका छन् ।

लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका दर्जन बढी घरहरु जोखिममा परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बिहान सम्ममा स्थानीयको ३ घरमा पहिरो पसेको छ । बिहान उज्यालो भइसकेपछि पहिरो खसेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गत भदौं ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयबासीले जोखिम महशुस गर्न थालेका थिए ।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् भने भैसी सारिसकेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

वर्षा नरोकिएको र पहिरो खस्ने क्रमपनि जारी रहेकाले जोखिममा परेका घरपरिवारलाई बुटवल स्थित बुटवल बहुमुखी क्याम्पसमा सार्ने तयारी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रखुख डीएसपी मनोज कुँवरले बताए ।

अघिल्लो वर्षपनि सो स्थानमा बाढीका कारण केहि घर भत्किनुका साथै पशुचौपाया बाढीले बगाएको थियो । सोही स्थानमा २०५५ साल भदौ २० गते पनि पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ४६ बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,