५ पुस २०८२, शनिबार | December 20, 2025

२३ वर्षपछि बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, जोखिममा परेका परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा सारिँदै



बुटवल । अबिरल आएको वर्षाका कारण पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरका दर्जन बढी घर जोखिममा परेका छन् ।

लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका दर्जन बढी घरहरु जोखिममा परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बिहान सम्ममा स्थानीयको ३ घरमा पहिरो पसेको छ । बिहान उज्यालो भइसकेपछि पहिरो खसेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गत भदौं ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयबासीले जोखिम महशुस गर्न थालेका थिए ।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् भने भैसी सारिसकेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

वर्षा नरोकिएको र पहिरो खस्ने क्रमपनि जारी रहेकाले जोखिममा परेका घरपरिवारलाई बुटवल स्थित बुटवल बहुमुखी क्याम्पसमा सार्ने तयारी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रखुख डीएसपी मनोज कुँवरले बताए ।

अघिल्लो वर्षपनि सो स्थानमा बाढीका कारण केहि घर भत्किनुका साथै पशुचौपाया बाढीले बगाएको थियो । सोही स्थानमा २०५५ साल भदौ २० गते पनि पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य