५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

२६ फोटो र भिडियोमा हेर्नुहोस २३ वर्षपछि बुटवलको ज्योतिनगरमा पुनः खसेको पहिरोको बबण्डर



बुटवल । अबिरल आएको वर्षाका कारण आएको बाढी र पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर उच्च जोखिममा परेको छ ।

लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका १९ बढी घरहरुमा क्षति पुगेको छ भने दर्जनौं घरहरु जोखिममा परेका छन् ।

बिहान ६ बजेको आसपासमा खसेको पहिरो र पहिरोसँगै बगेको लेदो नगरका अधिकांस घरभित्रै पसेको छ । पहिरो आउने क्रम अहिले पनि जारी रहेकाले बस्तीमा थप जोखिम हुने देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारिरहेको छ ।

आज बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुबाट उनीहरुलाई उद्दार गरिरहेको छ ।

एकतले घर भएका स्थानीयको खाद्यान्ह लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा बाढी पसेको छ ।

यसैस्थानमा अघिल्लो वर्ष बाढीका कारण केहि घर भत्किनुका साथै पशुचौपाया बाढीले बगाएको थियो ।

२०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

 

बाढीको बबण्डर भिडियो

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १२ : ३७ बजे

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा