३१ श्रावण २०८३, आइतबार | August 17, 2026

२६ फोटो र भिडियोमा हेर्नुहोस २३ वर्षपछि बुटवलको ज्योतिनगरमा पुनः खसेको पहिरोको बबण्डर



बुटवल । अबिरल आएको वर्षाका कारण आएको बाढी र पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर उच्च जोखिममा परेको छ ।

लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका १९ बढी घरहरुमा क्षति पुगेको छ भने दर्जनौं घरहरु जोखिममा परेका छन् ।

बिहान ६ बजेको आसपासमा खसेको पहिरो र पहिरोसँगै बगेको लेदो नगरका अधिकांस घरभित्रै पसेको छ । पहिरो आउने क्रम अहिले पनि जारी रहेकाले बस्तीमा थप जोखिम हुने देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारिरहेको छ ।

आज बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुबाट उनीहरुलाई उद्दार गरिरहेको छ ।

एकतले घर भएका स्थानीयको खाद्यान्ह लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा बाढी पसेको छ ।

यसैस्थानमा अघिल्लो वर्ष बाढीका कारण केहि घर भत्किनुका साथै पशुचौपाया बाढीले बगाएको थियो ।

२०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

 

बाढीको बबण्डर भिडियो

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १२ : ३७ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण