६ पुस २०८२, आइतबार | December 21, 2025

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन



काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए ।

संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको छ ।

बैठकले पार्टीको तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए । उनले भने– ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधव कुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरिएको छ ।’

बैठकले भारतमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकारलाई बाढी पहिरोले निम्त्याएका समस्या समाधानका निम्ति ध्यानाकर्षण पनि गराएको छ । यस्तै जनताले अनुभुति हुनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको पनि गराएको छ ।

यही भदौ ९ गते नयाँ दल दर्ता भएपछि आज दलको पहिलो बैठक बसेको हो । एकीकृत समाजवादी संसदीय दलमा ३० जना सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १ : ५६ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या