२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

हामी अहिले कुनै पार्टीसँग एकता गर्दैनौं : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टी सँग एकता नगर्ने बताएका छन् ।

आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टी सँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उनले अहिले अरु पार्टीसँग पार्टी एकता नहुने स्पष्ट पारे ।

उनले भने – ‘कसैकसैले हामीलाई के भन्ने ग-या छन् भने – अरुको टाङ मुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन्, तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडी विद्यमान छ गाउँ गाउँमा, टोल टोलमा, बस्ती बस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरुमा । समानान्तर रुपमा सबै कमिटीहरु विद्यमान छन् । अहिले नै हामी अरु कुनै पार्टी सँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुने छैन । ’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउन र जनतालाई गरीबीको चक्रबाट मुक्त गर्नका लागि आफुहरुको ध्यान केन्द्रित हुने बताए । नेपालले पार्टीमा युवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडी बढाउन तयार रहेको पनि बताए । उनले भने, – ‘हामीले हाम्रो अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउनका लागि, नेपाली जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नको लागि, युवाहरुलाई व्यापक रुपमा आशा जगाउनका लागि, रोजगारीको प्रबन्ध गर्नका लागि, सीप विकास गर्नका लागि, युवाहरुको खुबी, क्षमता, प्रतिभाहरुलाई उजागर गर्नका लागि हाम्रो ध्यान केन्द्रीत हुनेछ । पार्टी भित्रपनि हामी युवाहरुको ठुलो प्रवेश पार्टीको सदस्य बनाउनका लागि, कमिटीका जिम्मेवारीहरु प्रदान गर्नलाई र भोली गएर नयाँ पुस्तालाई एकपछि अर्को जिम्मेवारी सुम्पिनका लागि तयार भएर बसेका छौँ ।’

नेपालले आफुहरु माक्र्सवादबाट निर्देशित भएर वर्गिय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए । नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ३ : ३२ बजे

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट