११ कार्तिक २०८१, आइतबार | October 27, 2024

सिन्धुलीमा भौतिक उपस्थितिमै पढाइ सुरु, केही विद्यालय स्थानीय तहको निर्णय कुर्दै



सिन्धुली । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका सिन्धुलीका विद्यालयमा भाैतिक उपस्थितमै पठनपाठन सुरु भएकाे छ ।

स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् । सवै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । केही विद्यालय भने स्थानीय तहकाे निर्णय कुरेर बसेका छन् ।

हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयले जोरबिजोर प्रणालीबाट कक्षा संचालन गरिहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारीका अनुसार लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएकाले स्वास्थ्य मापदण्ड पालना गदै जोरविजोर प्रणालीबाट कक्षा संचालन गरिएको हो ।

मरिण गाउँपालिका क्षेत्रमा पनि मंगलबारदेखि विद्यालय संचालन हुने मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताए । विद्यालयमा ३३ प्रतिशत विद्यार्थी उपस्थित गराएर कक्षा संचालन थालेको उनको भनाइ छ ।

तीनपाटन गाउँपालिका क्षेत्रका केही विद्यालयमा मात्र पठनपाठन सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले तत्कालै विद्यालय नखोल्ने निर्णय गरेकाले विद्यालय संचालन हुन नसकेको तीनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताए । अर्को साताबाट गाउँपालिकाको सवै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै पठनपाठन सुरु हुने उनले जनाए ।

कमलामाई नगरपालिका क्षेत्रका विद्यालय सोमबारबाट संचालन भएका छन् । विद्यालयमा ३३ प्रतिशत मात्र विद्यार्थी उपस्थित गराइ कक्षा संचालन भइरहेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए ।

फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विद्यालय भने संचालन भएका छैनन् । गाउँपालिकाले निर्णय नगरेको कारण हालसम्म विद्यालय संचालन हुन नसकेको गाउँपालिकाले बताएका छन् । केही दिनमै बैठक बसी विद्यालय खुलाउने तयारी भएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ५० बजे

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक