१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सिन्धुलीमा भौतिक उपस्थितिमै पढाइ सुरु, केही विद्यालय स्थानीय तहको निर्णय कुर्दै



सिन्धुली । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका सिन्धुलीका विद्यालयमा भाैतिक उपस्थितमै पठनपाठन सुरु भएकाे छ ।

स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् । सवै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । केही विद्यालय भने स्थानीय तहकाे निर्णय कुरेर बसेका छन् ।

हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयले जोरबिजोर प्रणालीबाट कक्षा संचालन गरिहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारीका अनुसार लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएकाले स्वास्थ्य मापदण्ड पालना गदै जोरविजोर प्रणालीबाट कक्षा संचालन गरिएको हो ।

मरिण गाउँपालिका क्षेत्रमा पनि मंगलबारदेखि विद्यालय संचालन हुने मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताए । विद्यालयमा ३३ प्रतिशत विद्यार्थी उपस्थित गराएर कक्षा संचालन थालेको उनको भनाइ छ ।

तीनपाटन गाउँपालिका क्षेत्रका केही विद्यालयमा मात्र पठनपाठन सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले तत्कालै विद्यालय नखोल्ने निर्णय गरेकाले विद्यालय संचालन हुन नसकेको तीनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताए । अर्को साताबाट गाउँपालिकाको सवै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै पठनपाठन सुरु हुने उनले जनाए ।

कमलामाई नगरपालिका क्षेत्रका विद्यालय सोमबारबाट संचालन भएका छन् । विद्यालयमा ३३ प्रतिशत मात्र विद्यार्थी उपस्थित गराइ कक्षा संचालन भइरहेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए ।

फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विद्यालय भने संचालन भएका छैनन् । गाउँपालिकाले निर्णय नगरेको कारण हालसम्म विद्यालय संचालन हुन नसकेको गाउँपालिकाले बताएका छन् । केही दिनमै बैठक बसी विद्यालय खुलाउने तयारी भएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ५० बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन