२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश २ का १० एमाले सांसदले रोजे एकीकृत समाजवादी



जनकपुरधाम । प्रदेश २ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरुले बिहीबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादी दल रोजेको सनाखत गराएका छन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, प्रमोद यादव, रवीन्द्र बैठा, गोविन्दबहादुर न्यौपाने, हसिमा खातुन, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, नागेन्द्र राय यादव र मनोज सेन श्रीवास्तव छन् ।

एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका सांसदहरु एकीकृत समाजवादीमा खुलेका हुन् । डिल्ली उप्रेती, सुन्दरबहादुर विश्वकर्मा र सिता गुरुङले समेत सोही पार्टीमा सखनात गर्ने बताइएको छ । यी मध्ये उप्रेती उपचारका लागि भारत गएका छन् भने विश्वकर्मा र गुरुङ खराब मौसमका कारण उपस्थित हुन नसकेको बताइएको छ ।

प्रदेशसभामा एमालेका २१ जना सांसद रहेका छन् । बाँकी ३ जना सांसले पनि एकीकृत समाजवादी रोजेमा एमाले भन्दा यो पार्टी ठूलो हुने देखिन्छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ३ : ०९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका