२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रदेश २ का १० एमाले सांसदले रोजे एकीकृत समाजवादी



जनकपुरधाम । प्रदेश २ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरुले बिहीबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादी दल रोजेको सनाखत गराएका छन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, प्रमोद यादव, रवीन्द्र बैठा, गोविन्दबहादुर न्यौपाने, हसिमा खातुन, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, नागेन्द्र राय यादव र मनोज सेन श्रीवास्तव छन् ।

एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका सांसदहरु एकीकृत समाजवादीमा खुलेका हुन् । डिल्ली उप्रेती, सुन्दरबहादुर विश्वकर्मा र सिता गुरुङले समेत सोही पार्टीमा सखनात गर्ने बताइएको छ । यी मध्ये उप्रेती उपचारका लागि भारत गएका छन् भने विश्वकर्मा र गुरुङ खराब मौसमका कारण उपस्थित हुन नसकेको बताइएको छ ।

प्रदेशसभामा एमालेका २१ जना सांसद रहेका छन् । बाँकी ३ जना सांसले पनि एकीकृत समाजवादी रोजेमा एमाले भन्दा यो पार्टी ठूलो हुने देखिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ३ : ०९ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ