२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बाग्मती प्रदेशमा थपिए ६ मन्त्री ४ राज्यमन्त्री



हेटौडा । वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषदको विस्तार गर्दै ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गरेकी छिन् ।

शाक्यले थप गरेको मन्त्रीहरुमा केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका छन् ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका पाण्डेलाई विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ भने शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी हुन् । आज थपिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रदेशसभामा अल्पमतमा परिसकेको अवस्थामा समेत सरकार टिकाउने प्रयास स्वरुप मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी हुन् । उनले जीवन खड्का भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठ सामाजिक विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेकी छन् । उनीहरुलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराएकी थिइन् ।

 

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ३ : ४९ बजे

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको