७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कार्यमार्फत आशाको सिर्जना



बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस कार्यमार्फत आशाको सिर्जना नारासहित विश्वभर विविध कार्यक्रम गरि मनाईदै छ ।

रुपन्देहीमा पनि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन र रोटरी इ क्लब अफ मेडिफयुजन हाईब्रिड नेपालको सहआयोजनामा संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रममा गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आत्महत्या न्युनिकरण गर्न संचार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भन्दै संवेदनशिल भएर पत्रकारीता गर्न सुझाव दिए । कार्यक्रममा नसा तथा मानसिक रोग विशेषज्ञ डा विक्रम काफलेले आत्महत्या घटनालाई सन्सनीपुर्ण र असामान्य समाचार नबनाउन आग्रह गरे ।

फोटो, भिडियो प्रयोगमा ध्यान दिने तथा आत्महत्यालाई कलंक वा अपराधका रुपमा चित्रण गर्न नहुने उनले बताए । एउटा आत्महत्या प्रयास गरेको ब्यक्तिलाई मेडिकल उपचारसंगै आत्महत्या गर्न खोजेको कारण खोज्नेतर्फ पनि लाग्नसके त्यसले न्युनिकरण हुने उनको तर्क छ ।

कोसिस नेपालका गणेश पौडेलले सात वटा प्रदेशमध्ये लुम्बिनी दोस्रो ठुलो आत्महत्या हुने प्रदेशमा पर्ने बताए । प्रदेश १ मा १ हजा ५ सय १८, गण्डकी प्रदेश ६ सय ४४ जना, बाग्मती प्रदेश १ हजार ३२ जना, लुम्बिनी प्रदेश १ हजार ३ सय ८३ जना, प्रदेश २ मा ९ सय ५९ जना, कर्णाली प्रदेश ३ सय ६५ जना र सुदुरपश्चिमाञ्चल प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

कोसिस नेपालको टोल फ्रि नम्बरहरु १६६०७१५२००५ लुम्बिनी प्रदेशमा परामर्श सेवा दिदै आएको उनले बताए । कार्यक्रममा क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले आत्महत्या रोकथाम गर्न संवेदनशिल रिपोर्टिङ जरुरी रहने बताए । आत्महत्या बढ्नुमा अप्रत्यक्ष रुपमा संचार क्षेत्र महत्वपुर्ण हुने भन्दै संचारकर्मीहरुलाई लक्षित कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा डा रजत कायस्थ, कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन कोसिस नेपालका केन्द्र कुमारी चौधरी, यशोधा बगालेले लागुऔषध दुब्यसनी, दिर्घरोगी, आत्मिय ब्यक्तिको आत्महत्याको कारण, बलात्कार सामाजिक हिसा लगायत कारणहरु हुने भन्दै समाजमा आत्महत्याका बारेमा भएका भ्रमहरु चिर्न जरुरी रहेको बताए ।

विश्वमा ८ लाख जनाले वर्षेनी आत्महत्या गर्ने गरेको तथ्याक छ । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यसबाट पुष्टि भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा नेपालमा विष सेवन, आगो लगाई, झुण्डिएर, औजार हातहतियार, हाम फालेर, करेन्ट लागेर, डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : ३७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल