७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिर्जनाकाे जापान जाने सपना आत्महत्यामा पुगेर अन्त्य, अन्तरजातीय विवाह बन्याे कारण



बुटवल । नेपालमा छुवाछुतको अन्त्य भएको घोषणा गरिएको धेरै वर्ष बितिसकेको छ । छुवाछुत मात्र होईन धार्मिक विभेद समेत अन्त्य गर्ने उद्देश्यले मुलुक धर्मनिरपेक्ष राज्य समेत बनिसकेको छ । कागजमा, कानुनमा र भाषणमा छुवाछुतको अन्त्य भनिएपछि व्यवहारमा छुवाछुतका अन्धविश्वास र छुवाछुतका कारण हुने अत्याचार देशमा बाँकी नै छ । व्यवहारमा अन्त्य हुन नसकेको छुवाछुतको पछिल्लो सिकार बनेकी छिन् अर्घाखाँचीकी सृजना सुनार । सिर्जनामाथि छुवाछुतले शोषण, दमन र अत्याचार मात्र गरेन, अन्त्यमा आत्महत्या गर्न समेत बाध्य बनायो । उनी समाजमा रहेको छुवाछुतको शिकार बन्न बाध्य बनिन् ।

अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काईली छोरीको रुपमा जन्मिएकी थिईन् । सामान्य परिवारमा जन्मलिएकी भएपनि टोलछिमेकमा सबै युवायुवती जापान, कतार, मलेशिया र दुबई गएको देखेकी उनले पनि पढाई सकेर जापान जाने सपना बुनेकी थिईन् । कम्तीमा १२ कक्षा मात्र पढेर भएपनि जापानिज भाषा सिकेर जापान जाने सपना बुन्दै उनी गाँउको विद्यालयमा एसईई सकेर बुटवल झरेकी थिईन् । कक्षा १२ पनि पढ्ने जापानिज भाषा पनि सिक्ने उद्देश्यका साथ बुटवलमा झरेकी उनले भाषा सिक्ने ठाँउ पनि खोजिसकेकी थिईन् । उनलाई के थाहा जापानको बाटोमा मृत्यु छ भनेर । उनको सपना भन्दा अगाडि मृत्युले पर्खेको थाहा पाएकी भए सिर्जनाले सायद बुटवल झर्ने चेस्ता गर्दैन थिईन् ।

स्कुल पढ्दाकै अवस्थामा अर्घाखाँचीमा उनको जिल्लाकै एक युवासँग आँखा जुध्न थालिसकेको थियो । गाँउको लुकिछिपी माया समाज, आमाबाबुको डर र उपयुक्त वातावरणमा झाङ्नि पाएको थिएन । आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोट सहित बुुटवल झरेकी सिर्जनालाई बुटवल झरेसँगै भाषा सिक्ने, पढाई सक्ने र सपना पुरा गर्ने कुराले भन्दा गाँउमा लगाएको लुकिछिपीको माया पिरतीले छोप्न थाल्यो । शितगंगा २ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग गाँउबाटै जुधेका उनका आँखा बुटवल झरेपछि प्रेम सम्बन्धकारुपमा झाँगियो । आँखासँगै उनीहरुको धेरै चिजहरु जुध्न थाल्यो । गाँउ छँदा रोकतोक गर्ने अभिभावक बुटवलमा नभएपछि उनीहरुको प्रेम स्वतन्त्र ढंगले प्रगाढ बन्दै गयो । छेक्ने कोही नभएको फाईदा उठाउँदै उनीहरुबीच भएको शारीरिक सम्बन्धले उनी गर्भवती भईन् । २ वर्ष चलेको उनीहरुको रोमान्सको परिणाम गत वर्ष सृजना दुई जिउकी भईन् । सृजनाले बुटवलको पूरानो बसपार्क सौभाग्यनगरमा कोठा भाडामा लिएकी थिईन् ।

विवाह नहुँदै गर्भ बसेपछि सिर्जनाले सुमनलाई विवाहका लागि दवाव दिन थालिन् । विवाह गर्ने उनको आग्रहलाई सुमनले आज आज भोली भोली भन्दै तार्दै गए । नेपाली सेनामा कार्यरत सुमनले अफिसबाट छुट्टी पाएपछि विवाह गर्ने भन्दै कोठामा आउने र उनीसँग मनलागेको गरेर जाने क्रम जारी राखिरहे । एकदिन दुईदिन हुँदै उनको गर्भमा ८ महिनाको भ्रुण हुर्किंदै गयो । सिर्जनाले बढीनै दवाव दिँदै प्रहरीमा उजुरी दिने बताएपछि सुमनले गर्भवती सृजनालाई निर्घाट कुटपिट गरेको सिर्जनासँग कोठामा बस्ने नाताले सोल्टीना पर्ने मञ्जु सुनारले बताईन् ।

कुटपिटबाट घाईते सृजनाको कोठा वरिपरिका स्थानीय भेला हुन थालेपछि सुमनले उपचारका लागि भन्दै सजनालाई अस्पताल पु-याए । अस्पतालमा कुटपिटको घाउचोटको उपचारसँगै उनको ८ महिनाको गर्भपनि सुमनले जबर्जस्ती पतन गराए । घाउचोटको उपचार गर्न लगेको सिर्जनाको गर्भपतन गराएर फेरि कोठामा ल्याएर छाडेको मन्जुले बताईन् । ८ महिनाको गर्भ नै तुहाइदिएपछि सिर्जना मानसिक र शारीरिक रुपमा कमजोर बन्दै गएको मन्जुको भनाई छ ।

सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उपचार गर्ने निहुँमा गर्भ तुुहाइदिएपछि गत वर्ष फागुनमा अर्घाखाँची ठाडा स्थित प्रहरीमा सुमनका विरुद्ध उजुरी पनि दिएकी थिईन् । मन्जुका अनुसार प्रहरीले कानुनीरुपमा विवाह गराईदिनुको साटो विवाह गर्छु भन्ने आश्वासन सहितको कागजका भरमा मिलापत्र बनाएर छाडिदियो । सुमन नेपाली सेनाको कर्मचारी भएकै कारण भित्रभित्रै प्रहरी र उनीबीच कुरा मिले अनुसार सामान्य मिलापत्र बनाएर छाडिदिएको मन्जुको भनाई छ ।

प्रहरीले गरिदिएको मिलापत्रका आधारमा सुमनले सिर्जनासँग विवाह त गरे, तर न जन्ती न भोज भतेर । गत चैत २ गते बुटवल मनकामना मन्दिरमा विवाह गरेका बेला केटी पक्षबाट सृजनाकी सोल्टीना पर्ने मञ्जु मात्रै थिईन भने केटाका तर्फबाट एक जना सुुमनका साथी थिए । घरपरिवारका कोही पनि सदस्यहरुको अनुपस्थितीमा गरिएको बिबाहमा सत्यता भन्दा कपत देख्न सकिन्थ्यो । विवाह त हिन्दुु परम्परा अनुसार नै भयो तर विवाह भएपछि दलित भएकै कारण सुमनले सृजनालाई अर्घाखाँची घरमा भने लगेनन् । पहिल्यैदेखि सृजना बस्दै आएको बुटवल वडा न. ६ पूरानो बसपार्क सौभाग्यनगरमै दुलाहा र दुलही भित्रिए । विवाह गरेकै भोलीपल्ट सुमन सृजनालाई छाडेर काठमाडौं हिँडेका थिए ।

प्रहरीमा उजुरी परेकै कारण विवाहको नाटक मात्रै गरेको सिर्जनाका आफन्तहरुको भनाई छ । ‘बहिनीले पटक पटक घरमा लैजान भन्थीन, तर ज्वाई सुमनले कहिल्यै लैजानुभएन’ दिदि दीपा सुनार भन्छिन् । बिबाह पछि पनि सुमनले पटक पटक आएर कुटपिट गर्ने, यातना दिने गरेको सृजना बस्ने कोठा नजिकका छिमेकीहरु बताउँछन् ।

सुमनले दलित भएकै कारण स्वीकार गर्न नसक्दा विवाह पछि पनि ३ महिनाको गर्भ फेरी तुहाइदिएको सिर्जनाका दिदि दीपा सुनारले बताईन । ‘विवाह भएपछि कहिल्यै बहिनीले सुख पाइन, सुमनले मरणासन्न हुने गरि कुुटपिट गरेपछि एक महिनाअघि सृजना साइली बहिनीको घर बासगढी आएकी थिई’ दिदि दीपाले भनिन् ।

हरेकदिनको तनाव कुटाई खानु भन्दा अनन्त यात्रा रोज्दै अन्ततः सृजनाले गत बिहिबार देहत्याग गरिन् । सिर्जनाबाट अलग हुनकै लागि शारीरिक र मानसिक यातना दिएको ‘सुसाईट नोट’ लेख्दै २१ बर्षिय सृजनाले विहिबार यो संसार त्यागिन । बुटवल ६ पूूरानो बसपार्क सौभाग्यनगर स्थित कोठा बन्द भएर चुन्नीको पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले सृजनाको शव बरामद ग-यो ।

‘पटक पटक कुुटपिट गर्ने, मानसिक र शारीरीकक रुपमा यातना दिने गरेको सुुसाईट नोटमा लेखिएको छ’ इलाका प्रहरी कार्यालय बुुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने । अन्तरजातीय विवाह भएको र केटाले घर समेत नलगेकाले जातीय रुपमा केटा अलग हुन खोजेको देखिन्छ । ईलाका प्रहरी प्रमुख डीएसपी कुँवरले भने, ‘केहि शंकास्पद र सुसाईट नोट समेत देखिएकाले जातीय विभेद र आत्महत्या दुरुत्साहनको मुद्धा चलाइएको छ ।’ कपिलबस्तु स्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

‘जातकै कारण सुमनले आफूबाट टाढा बनाउन वहिनिलाई मानसिक र शारीरिक यातना दिइयो, कानुन अनुसार कारवाही हुनुपर्छ ।’ सिर्जनाकी दिदी दिपाले भनिन् । बहिनीले अकालमा ज्यान गुमाउनुपरेको भन्दै मृत्यूूको मुखमा पुु-याउनेलाई हदैसम्मको कारवाही गर्न उनको माग छ ।

सृजनाका दिदि रुपन्देही कञ्चन गाउँपालिका वडा न. १ कुचिरामा बस्ने दीपा सुनारले २३ बर्षिय सुमन क्षेत्री विरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन । शुक्रबार उजुरी दर्ता गरेपछि शव पोष्टमार्टम पछि राती मात्रै अत्येष्टि गरिएको छ । मृतक सिर्जनाका ६ जना दिदि वहिनी छन । बुवा भारत र आमा खाडीमा रोजगारीमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११