६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना संक्रमित आज पनि तीन अंकमै सीमित, ९११ नयाँ संक्रमित थपिए, १४२३ संक्रमणमुक्त



काठमाडौं । कोरोना भाइरसका संक्रमित आज दोस्रो दिन पनि तीन अंकमै सीमित भएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोना संक्रमितको संख्या चार अंकमा रहेकोमा शनिबार पहिलो पटक तीन अंकमा झरेको थियो ।

आज आइतबार पनि संक्रमितको संख्या १ हजार भन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जना नयाँ संक्रमित थपिएका छन् । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने १४ सय २३ रहेको छ । यस्तै १३ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ४ : १६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको