२८ भदौ २०८३, आइतबार | September 13, 2026

तिलोत्तमाकी २७ वर्षिया सिता भण्डारी पाैडेल मृत्यु प्रकरण : श्रीमान र अमाजु प्रहरी हिरासतमा



बुटवल । भाद्र २० गते मृत भेटिएकी रुपन्देही तिलोत्तमाकी सिता भण्डारी पौडेलको मृत्यू सम्बन्धमा आत्महत्या दुरुत्साहन मुद्धामा २ जना माथि अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । मृतक भण्डारीकी श्रीमान टिका पौडेल र अमाजु नाता पर्ने विष्णु पौडेललाई हिरासतमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रहरीले प्रकाशन गरेको विज्ञप्तिमा २७ वर्षिया भण्डारीको पासो लगाएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएपनि मृतकको बुवा हरि भण्डारीले मृत्युलाई दुरुत्साहनको आरोप सहित जाहेरी परेपछि श्रीमान र अमाजुलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको उल्लेख गरिएको छ ।

भाद्र २० गते बिहान ४ः३० बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षिया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टका आधारमा आत्महत्या कै कारण मृत्यु भएको प्रहरीले जवाफ दिएपनि मृतकका माईती पक्षले आत्महत्या नभएर हत्या गरिएको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले सिताको परिवारका अन्य सदस्यलाई समेत सोधपुछ गर्दै गरेको र मृतकी श्रीमान टिका पौडेलले प्रयोग गरिरहेका मोबाईलको प्राबिधिक परिक्षणका लागि प्रहरीको केन्द्रीय ल्यावमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

सिताकाे मृत्यु प्रकरणकाे निश्पक्ष छानविन र अपराधीलाई कारवाहीकाे माग गर्दै मृतकका आफन्तहरुले लगातार आन्दाेलन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ६ : ४९ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा