२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमसीसीको विरोधमा काठमाडौंमा नेत्र विक्रम चन्द नेकपाको वृहत प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शन भएको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा वृहत प्रदर्शन गरेको हो । एमसीसी विरुद्ध यो नै अहिलेसम्मको ठूलो प्रदर्शन हो ।

आज काठमाडौंमा एमसीसीको विरोधमा वृहत प्रदर्शन भएको छ । यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शन हो ।
पार्टी महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली लगायतका नेताहरुको नेतृत्वमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु गरिएको थियो ।

एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल र समुहहरुले प्रदर्शन गर्दैआएका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसी पास गर्न नेपाल सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै हिजो मात्र चार दिने नेपाल भ्रमण सकेर फर्किएकी छिन् ।

५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर सुरुमा सम्झौता ससदबाट अनुमोदन गर्ने विषय नभएपनि केपी ओली नेतृत्वको सरकारले संसदबाट अनुमोदन गर्ने सहमति गरेको थियो ।

एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने विषयमा नेपालका ठूला राजनीतिक दलहरु विभाजित रहेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  २ : ०५ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा