१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमालेले बहिस्कार गरेपछि सर्वदलीय बैठक बिनानिष्कर्ष सकियो



काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षको लगातारको अवरोध खुलाउने प्रयास स्वरुप सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।

संसद भवन बानेश्वरमा सोमबार बसेको बैठकमा संसद अवरुद्ध गराउने प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकले कुनै निकास दिन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकमा उपस्थित नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएर बैठक सकिएको सहभागी एक नेताले बताए ।

प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । अध्यक्ष ठाकुरले एमाले प्रति ब्यङ्ग गर्दै भने ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम