५ पुस २०८२, शनिबार | December 20, 2025

महेश बस्नेतको आरोप – सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बने



बुटवल । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड , माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएकाछन् ।

बुटवलमा राष्ट्रिय युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निस्पक्ष बन्न नसक्दा समस्या आएको बताएका हुन् । बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाए ।

‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने’, बस्नेतले भने, ‘उनी निस्पक्ष बन्न सकेनन् ।’

नेता बस्नेतले देउवा सरकारले संसदलाई कुनै विजनेश दिन नसक्ने दाबी गरे । उनले भने, सरकारले कानुन बनाउन सक्दैन र संसदलाई बिजनेश पनि दिन सक्दैन ।’

बस्नेतले प्रचण्ड र माधव नेपालको महत्वकांक्षाले पार्टी एकता नटिकेको बताए । प्रचण्ड मर्ने बेलामा एक्लो बन्ने निश्चित भएको दाबी गरे।

उनले दलीय व्यवस्था नै खतम पार्ने गरी अदालतको काइते फैसला गरेकाले अस्थिरता र द्वन्द्व जन्मिएको बताए । नेता बस्नेतले आगामी चुनावमा एमालेको बहुमत आउने दाबी गरे । कांग्रेस प्रतिपक्षमै आउने उनले ठोकुवा गरे ।

एमाले सांसद समेत रहेका बस्नेतले सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक गैरकानुनी रहेको दाबी गरे । ‘जनयुद्धकालमा कमाएका सम्पत्तिलाई वैधानिकता प्रदान गर्न प्रतिस्थापन बिधेयक आएको हो ?’, उनले अर्थमन्त्रीलाई प्रश्न गरे ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ७ : ३२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता