६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध चलिरहेका वेला बैठक बोलाइएको हो ।

आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आज बस्ने दोस्रो बैठकमा पूर्वसांसद एवं भारतका लागि नेपाली पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राणाको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

एमालेका सांसदले निरन्तर विरोध गर्दै आएपछि भदौ २३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ । एमाले विभाजनमा सभामूहले भूमिका खेलेको भन्दै एमालेले विरोध गर्दै आएको छ ।

यस विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर, एमाले नेताहरु उपस्थित नभएपछि कुनै निष्कर्ष निस्कन सकेन ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ८ : ३० बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र