काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
आजको बैठकमा सभामुख सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । तर, एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेका थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । विनियोजन विधेयक बहमुतले स्वीकृत भएपछि सभामुख सापकोटाले अर्को बैठक असोज ४ गतेसम्मको लागि स्थगित गरेका हुन् ।
विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन ।
प्रतिक्रिया