२० असार २०८३, शनिबार | July 5, 2026

एमाले सांसदद्वय सोम पाण्डे र शारदा भट्ट एकीकृत समाजवादीमा आवद्ध हुन पाउने



काठमाडौं । नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुँदा उनीहरूको काम कारवाहीमा कुनै असर नगर्न अन्तरिम आदेश दिएको छ ।

एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले अस्वीकार गरेपछि सांसदद्वय पाण्डे र भट्टले अदालतमा रिट दायर गरेका थिए । एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुअघि नै दुवैले निर्वाचन आयोगमा निवेदन दिए पनि भदौम २ गते दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएको भन्दै आयोगले सनाखत अस्वीकार गरेको थियो ।

न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले अन्तिम टुंगो नदाग्दासम्म उनीहरूको कनमलाई असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

पाण्डे प्रतिनिधिसभाका सांसद हुन भने भट्ट राष्ट्रियसभाका सांसद हुन् ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ४ : ५० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी