२३ चैत्र २०८२, सोमबार | April 6, 2026

विप्लव नेकपाद्वारा जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध, प्रदर्शन, दोषीलाई कार्वाहीको माग



परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटना विरुद्ध पश्चिम नवलपरासीको रामग्राममा बिरोध प्रदर्शन गरेको छ।

भारतीय बाटो हुदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नदीमा बेपत्ता भएका जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन गरेको हो ।

रामग्राममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको जनसरकार प्रमुख रामप्रीतले दार्चुलामा भएको घटनाको घोरभ्रसना गर्दै सत्यतथ्य सार्वजनिक र दोषीलाई कार्वाहीको मागको माग गरे । उनले सरकारको उदासीनताले भारतीय हेपाहा प्रवती हावी भएको बताउदै संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने बताए । उनले अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको बताए।

उक्त कार्यक्रमलाई संचालन नेकपा जिल्ला सदस्य बिजयले गर्नु भएको थियो। कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लगायत नेताकार्यकर्ता कार्यक्रमको उपस्थिति रहेकोे नेकपा जिल्ला सचिवालय सदस्य प्रतापले जानकारी दिनु भयो।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०० बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती